गैससहरुको ‘गैसस पार्श्वचित्र’ बिमोचन

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कार्यरत गैससहरुको गैसस पार्श्वचित्र बिमोचन गरिएको छ ।

नेपालगञ्जका मेयर डा. धवल शम्शर राणा, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला लगायतले संयुक्त रुपमा शनिबार एक कार्यक्रमकाबीच पाश्र्वचित्र बिमोचन गर्नुभएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाले प्रकाशन गरेको अध्यक्ष नमस्कार शाहले जानकारी दिनुभयो ।

पाश्र्वचित्रभित्र नेपालगञ्जमा कार्यरत संघ संस्थाहरुको पुर्ण विवरण समाबेश छ । नेपालगञ्जमा क्रियाशिल त्यसता संघ संस्थाको ठेगाना, प्रमुख व्यक्ति र कार्यसमितिको नामावलीको विवरण जस्ता कुराहरु रहेको छ ।

Previous articleकोहलपुर प्रहरी प्रमुख मल्लद्धारा मातहतको निरीक्षण
Next articleकैलाश भवन निर्माणार्थ नेपालगञ्जमा धार्मिक महामहोत्सव शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here