कोरोना विरुद्धको करोड मात्राभन्दा बढी खोप थुप्रियो, कुन कम्पनीको कति मात्रा बाँकी

काठमाडौं । पछिल्लो समय खोप केन्द्रमा कोरोनाविरुद्ध खोप लगाउन जानेको संख्या न्यून हुन थालेपछि देशभरि कोरोना विरुद्धको खोप थुप्रिन थालेको छ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका अनुसार देशभरि १ करोड २३ लाख ३१ हजार मात्रा कोरोना विरुद्धको खोप मौज्दातमा रहेको छ ।

आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र, प्रदेश र जिल्ला गरी हाल देशभरि १ करोड २३ लाख ३१ हजार १ सय ८९ मात्रा खोप मौज्दात छ ।

कुन प्रदेशमा कति खोप छ ?
फार्मेसी अधिकृत थापाका अनुसार हाल टेकुस्थित केन्द्रीय खोप भण्डार कक्षमा ८७ लाख ३७ हजार ८ सय ५० मात्रा खोप मौज्दात रहेको छ ।

प्रदेश १ मा ९ लाख ९३ हजार ८ सय ३२ मात्रा, मधेश प्रदेशमा ६ लाख ९८ हजार २ सय ६६ मात्रा, बागमती प्रदेशको हेटौँडामा २ लाख १९ हजार ९ सय ८१ मात्रा र बागमती प्रदेशका १० जिल्लामा ८ लाख २९ हजार ४ सय ७३ मात्रा खोप मौज्दात रहेको छ ।

गण्डकी प्रदेशमा १ लाख २४ हजार ३ सय ५१ मात्रा, लुम्बिनी प्रदेशमा ५ लाख २७ हजार ४ सय ७१ मात्रा, कर्णाली प्रदेशमा १ लाख ३७ हजार २ सय २३ मात्रा र सुदूरपश्चिम प्रदेशमा १ लाख १८ हजार ७ सय ४२ मात्रा खोप मौज्दात रहेको छ ।

कुन खोप कति छ ?
उहाँका अनुसार हाल कोभिसिल्ड २६ लाख ६० हजार १ सय ७० मात्रा, साइनोभेक ४० लाख मात्रा, ७१ हजार २ सय ४ मात्रा, जोनसन एण्ड जोनसन २ लाख ८६ हजार २ सय ५३ मात्रा, अष्ट्राजेनेका १६ लाख ५७ हजार ३ सय ८२ मात्रा, फाइजर १५ लाख ३ हजार ६ सय ९० मात्रा र मोडर्ना खोप १६ लाख ५२ हजार ५ सय १० मात्रा खोप मौज्दात रहेको छ ।

उहाँले भन्नुभयो, पछिल्लो समय प्रदेश तथा केन्द्रमा पर्याप्त मात्रामा खोपको मौज्दात छ, अहिले सबैभन्दा धेरै भेरोसेल खोप मौज्दात रहेको छ ।’

कोरोनाविरुद्ध खोप अभियान शुरु भएपछि नेपालमा हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा आइसकेको छ भने ९३ प्रतिशत लक्षित जनसंख्याले खोप लगाइसकेका छन् ।

Previous articleनेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित
Next articleकारले ठक्कर दिँदा नेपालगञ्जमा तीन जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here