
नेपालगञ्ज । कारले ठक्कर दिँदा नेपालगञ्जमा गएराति तीन जनाको मृत्यु भएको छ । बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो ।
कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
प्रदेश ३(०१(२३ च ८४८१ नम्करको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो । पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए ।
ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





