
कारुणा शाह (महारानी)
नेपालगञ्ज । नेपाली सेना भैरब प्रसाद दलका गणपति प्रमुख सेनानी जनमत कार्कीको बिदाइ गरिएको छ । भैरब प्रसाद दल गण इमामनगर राझा ब्यारेकमा सफल कार्यकालपछि उहाँको सरुवा भैरब प्रसाद द्ल गण मै दिपायलमा सरुवा भएको छ ।
विभिन्न संघ संस्थाले र थुप्रै चर्चित ब्यक्तिहरुले उहाँलाई एकल बिदाइ पनि गरेका छ्न । गणपती कार्की संगै गणका सेनानी सन्तोष चन्द, लफ्टिनेन्ट श्रद्धा राईलाई समेत बिदाइ गरिएको छ।
नेपाली सेनामा आर्मीको राष्टिय फुटबल टोलिका क्यापटेन समेतको जिम्मेवारी निभाइसक्नु भएका प्रमुख सेनानी कार्कीले नेपालगन्जमा रहदा विभिन्न संघ संस्था र नागरिकको प्रत्येक्ष सम्पर्कमा रहेर आफ्नो गणको तर्फबाट र ब्यक्तिगत थुप्रै उदाहरणिय काम गर्नु भएको थियो ।
नेपालगन्जको रंगशालाको घासे मैदानलाई सरसफाइ खुला एकल ब्याटेमेन्टन प्रतियोगिता, आठौं रास्ट्रिय महिला, भलिबल प्रतियोगिता, नेपालगन्ज म्याराथन प्रतियोगिता, भलिबल, नेपालगन्ज बाई साइकिलिङ क्लबलाई लेन बनाउनमा सहयोग, बर्दियाको राजापुर क्षेत्रमा भएको डुबान पिडितलाई उहाँको कमान्डमा ठुलो सहयोग गरेको थियो ।
आफ्नो गणको तर्फबाट मात्र नभएर उहाँले नेपागञ्जमा हुने प्राय सबै खेलमा र सिमित खेलाडीलाई उहाई ब्यक्तिगत सहयोग गर्नु भएको थियो ।
नेपालगन्ज बाई साइकिलिङ, क्रीटिभ ह्यान्स, साइना क्याफेले उहाँलाई सम्मानका साथै बिदाइ गरेको हो । बिदाइ तथा सम्मान कार्यक्रममा नेपालगन्ज बाई साइकिलिङ क्लबका अध्यक्ष गगन थापाले उहाँ सारै मिलनसार खेलाडीप्रति सहयोग र सकारात्मक सोचका साथै नागरिकसंग प्रत्यक्ष जोडिएर काम गरेको र बाई सालिकिलिङ क्लबलाई कम्दिमा सैकिलिङ लेर बनाइदिनु भएकोमा हाम्रो संस्थाले उहाँलाइ सदैब सम्झिरहने छ ।
साथै यहाँ रहदा उहाँले हामीलाई जुन किसिमको सदभाब र सहयोग गर्नुभयो जादा पनि उहाँले सम्पुर्ण साइकोलिङको टिममा आफै थाउ खप्टडमा निम्ता गर्नु भएकोमा सारै खुशी ब्यक्त गर्नु भयो ।
हामी अवस्य जानेछौ उहाँको जिबनको उतोरउतर प्रगतीको कामना गर्नुभयो । कार्यक्रम मा प्रमुख सेनानी कार्कि ले बाकेबाट प्रतिनिधित्व गर्दै चितवनको भरतपुरमा प्रज्ञा स्मृति म्याराथनमा सहभागी एक पदक सहित फर्किएका ३ जना साइकिलिङका उत्कृष्ट खेलाडीलाई खादा र नगद रकम सहित सम्मान गर्नुभयो ।
साथै उहाले आफु यहाँ नभएपनि मबाट हुने हरेक क्रियाकलापमा म मेरो संस्थाको तर्फबाट होस या ब्यक्तिगत तर्फबाट म जहिले सहयोग गर्ने तयार रहेको भन्नुभयो ।
बिदाईमा क्रेटिभ ह्यान्सका सस्थापक अध्यक्ष टि एस ठकुरीले जनप्रीय जनमत कार्कीले यहाँ रहदा खेलकुद र खेलाडी जुन किसिमको आत्मियता सम्बन्ध सहयोग गर्नु भयो यो निकै सन्झिनलायक काम रहेको बताउनुभयो ।
उहाँ साच्चै नै एउटा सबल दृष्टान्त आर्मी अफिसर हो, उँहा नेपाली सेनालाई कसरी नागरिक सामु बिस्तार गर्न सकिन्छ भन्ने उदाहरण हो ठकुरीले भन्नुभयो, सक्रीय खेलाडी जीवनमा फरवाडको भुमिकामा रहनु भएका प्रमुख सेनानी जनमत सैन्य करियरमा पनि निकै फरवाड हुनु हुन्छ ।
बागेश्वरी माताले उहाँलाई सधै रक्षा गरून् र फेरि जर्नेल भएर यहि आएको हेर्न पाउने आशा व्यक्त गर्नुभयो । बिदाइ कार्यक्रममा बोल्दै सभासद नमुना केशीले आर्मी कमान्डर भएर उहाँले नागरिकसंग जोडीएर जुन काम गर्नु भयो, यो आम नेपालगन्ज बासीले बिर्सिने छैन, भन्नुभयो ।
आगामी दिनमा अझै प्रगतीको कामना, बिदाइ कार्यक्रममा ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष माहारानी शाह (करुणा) ले खेल र खेलाडीलाई अत्यन्तै सम्मान गर्ने प्रमुख सेनानी कार्कीले यहाँ रहदा जुन किसिमको कार्य गर्नुभयो यो नेपालगन्ज बासी र सबै खेलाडीले कहिले भुल्ने छैन, भन्नुभयो ।
आफुले धेरै आर्मी अफिसरलाई चिनेको सङत गरेकोमा अहिलेसम्म बेस्ट मैले उहाँलाई पाएको बताउनुभयो । गणपति हुँदा पनि उहाँको स्वभाव निकै सरल ब्यबहारिक र उर्जावान छ । उहाँ दयालु र सहयोगी को प्रत्येक्ष उदाहरण हुनुहुन्छ ।
साथै उहाँले नारी महिला दिदी बहिनीलाई निकै समान्न गर्ने त्यो उहाँको अर्को बिशेषता रहेको बताउनुभयो । आगामी दिनमा अझै उत्कृष्ट काम गर्नु हुने छ भन्ने मैले बिश्वस लिएको छु, महरानीले भन्नुभयो ।
सैन्य र ब्यक्तिगत जीवनमा सधै रमाउनुहोला सैन्य जिबनमा चिफ साब भएको हेर्न सुन्न पाउ, भगवान सधै दाइने हुन, उत्तरोउत्तर प्रगतीको कामना महरानीले व्यक्त गर्नुभयो ।
उहाँ निकै रमाइलो ब्यक्ति हो, बिदाइ कार्यक्रममा आफू निकै भावुक भए म तर जागिरको शिलशिलामा यता उता हुने सामान्य प्रक्रिया हो । फेरि पनि नेपालगन्ज बासीको मायाले पक्कै हजुरलाई डोर्याएर यहि ल्याउने हजुरको उज्ज्वल करियरको शुभकामना ।
कार्यक्रममा पेट्रोललियम एसोसिएसन संघ प्रदेशका सचिब किशन गुरुङले उहाँ संगठनको लागि र जति राम्रो कमान्डर हुनुहुन्छ ब्याक्तिगत पनि निकै राम्रो मान्छे हो । नेपालगन्ज बासीले उहाँले गरेको काम बिर्सिनेछैन ।यस्तै साइना क्याफेका सन्चालक रोजि र बिनि हेल्थ कल्बका प्रमुख प्रशिक्षक अमृत रानाले पनि उहाँ नागरिक संग आफै सहज तरिका घुलमिल गर्ने खेलाडीलाई सम्मान सहयोग गर्ने मान्छे हो । आफुले अहिलेसम्म कै फस्ट आर्मी अफिसर देख्यौ सायद लाग्छ, अब उहाँ जस्तो नागरिकसंग सहजै भिजेर काम गर्ने कमान्डर अन्तिम नै होला । शुभकामना फेरि यहि बाहिनिपती भएर आएको हेर्न पाउ ।
बिदाइ कार्यक्रममा भावुक हुँदै प्रमुख सेनानी कार्कीले सबैको साथ सहयोग पाएर मैले आफुले गर्ने पुरै काम गरेको हो । यहाँहरु लाई म सदैब सम्झिरहने छु । मलाइ निकै खुशी लागिरहेको छ, मलाइ यति धेरै माया र सद्भाव सम्झना दिनु भयो यो नै मेरो लाई अमुल्य उपहार हो ।
म उता भए पनि यतै छु भन्ने सम्झिनु होला अझ पनि मेरो साथ सहयोग सदैब रहने छ । बिदाइ कार्यक्रममा राष्टिय अनुसन्धानका एसपि नरेन्द्र गिरि, क्रेटिभ ह्यान्सका सौगात शाह, कपिल थापा, शसस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र बम, डा.प्रकाश नाग लगायतको उपस्थिति थियो ।





