मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का बिभिन्न टोलहरुमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

स्थानीय जनचेतना युवा क्लबको आयोजनामा वडाको लालापुर्वा चोक र लोनियनपुर्वा टोलमा उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।

इन्टरनेशनल नेपाल फेलोशिप नेपालको आर्थिक सहयोगमा उक्त सडक नाटक प्रदर्शन गरिएको क्लबले जनाएको छ ।

गाउँ घरमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध सचेत रहन र सजगता अपनाउने शन्देश फैलाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको छ ।

Previous articleकाजकिस्तानसँग फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल
Next articleसहयोगी भावनाका गणपती कार्की लगायत टिमको बिदाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here