डा.राजन पाण्डे सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेलाई सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा.पाण्डेलाई उक्त पदकबाट सुशोभित गर्नुभएको हो ।

गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो । डा.पाण्डेले सिकलसेल एनिमिया रोगको खोज अनुसन्धान र उपचारमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।

पछिल्लो पटक उहाँ कोरोना महामारीको उपचार, अनुसन्धान तथा पोलेसी मेकरकैरुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यसअघि डा पाण्डेलाई २०७३ सालमा प्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।

सुप्रवल जन सेवा श्री पदकबाट सुशोभित भइसकेपछि डा.पाण्डेले यो पदक यस क्षेत्रबासी र भेरी अस्पताल परिवारको माया र सद्भावप्रतिको समर्पण रहेको बताउनुभयो ।

उहाँले राज्यले प्रदान गर्ने यस्ता पदकहरुले पेशागत जिवनमा उर्जा थप्ने र कार्यप्रति थप जिम्मेवार बनाउने बताउनुभयो । स्वास्थ्यपेजबाट

Previous articleहत्यारालाई फासीको माग गर्दै बिहानैदेखि नेपालगञ्जमा प्रदर्शन
Next articleकाँग्रेसमा टिकटको राजनीति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here