
नेपालगञ्ज । नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
उनीहरुले हत्यारालाई फाँसीको माग गर्दै बिहीबार बिहान नेपालगञ्जको बिपी चोकमा टायर बालेर प्रदर्शन गरेका हुन ।
आइतबार राती प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको सुर्खेतरोडमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।
कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याएपनि चिकित्सकले भने मृत घोषणा गरेका थिए ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि कारवाहीको माग्दै टायर बालेर प्रदर्शन गरेका छ्न ।
बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले प्रदर्शनकर्ताले ठक्कर दिने कार चालकलाई सजाय धेरै हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको जानकारी दिनुभयो ।
प्रदर्शनका कारण सुर्खेतरोडको आवागमन ठप्प बनेको छ । प्रहरी प्रवक्ता न्यौपानेका अनुसार आन्दोलनकर्तासंग निरन्तर छलफलको प्रयास भइरहेको छ ।
यो समाचार तयार गर्दा दिउँसो १२ः ३० सम्म पनि आफन्तले प्रदर्शनलाई जारी राखेका छन् ।





