डेढ लाख बराबर भन्सार छलिको सामान बरामद

नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले भन्सार छलिको सामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक नजिकबाट भन्सार छली गरी ल्याइएको लत्ता कपडा, सिलिङ पङ्खा र पङ्खाको ह्याङ्गर बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको सामान करिब एक लाख पचास हजार पाँच रुपैया बराबर रहेको र आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको छ ।

Previous articleजेसिज सप्ताह-२०२२ : खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण
Next articleबाँकेमा ‘निर्माण होलिडे’ घोषणा, झन्डै सात अर्ब बराबरको ५ सय आयोजनाका काम ठप्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here