
नेपालगञ्ज । नेपालगञ्ज जेसिजको जेसिज सप्ताह २०२२ अन्तर्गत खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण गरिएको छ ।
सप्ताहभरि आयोजना गरिएको कार्यक्रममध्ये मंगलबार तेस्रो कार्यक्रमका रुपमा नेपालगञ्जस्थित समाज विकास प्रवर्द्धन केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेजका प्रबन्धक निर्देशक एव नेपाली कांग्रेस बाँके क्षेत्र न. २ का महासमिति सदस्य डा.सुरेश कुमार कनोडिया, मेडिकल कलेजका प्रशासन प्रमुख कुमार अधिकारी,
नेपालगन्ज जेसिज वर्ष २००० का पूर्व अध्यक्ष खड्क बहादुर बोहोरा, रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड कोहलपुर शाखा प्रमुख पङ्कज गुप्ता लगायत उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक प्रकाश कुँवरले बतााउनुभयो ।
जेसिज सप्ताह २०२२ मुल समारोह समिति संयोजक आदित्य गुप्ताका अनुसार पहिलो कार्यक्रमका रुपमा बृक्षारोपण र दोस्रो कार्यक्रमका रुपमा नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिसकिएको छ ।
खाद्यान्नहरुमा चामल, दाल, तेल, नुन लगायत रहेका छन् ।





