
शिवराज साहु
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगंज उपमहानगरपालिबाट मेयर पदको प्रमुख दावेदारको रुपमा चर्चीत व्यक्तित्व हुनुहुन्छ गौरव चन्द ।
नेपालगञ्जका होनहार, असल, सरल स्वाभाव तथा जनप्रेमी चन्द वर्तमान समयमा स्थानीय निर्वाचनसँग जोडिएर चर्चामा हुनुहुन्छ ।
यहि बैशाख ३० को स्थानीय निर्वाचन नजिकिदै गर्दा राप्रपा नेपालगञ्जमा मेयरको चर्चा चुलिन थालेको छ ।
नेपालगञ्जमा सबैभन्दा बढी मतदाता रहेको राप्रपाले उठाउने मेयरको चर्चा चलिरहँदा उक्त पार्टीका आकांक्षीहरु पनि बढ्न थालेका छन् ।
कुनैपनि उम्मेद्वारले औपचारिक रुपमा मेयर पदको उम्मेदवारी सार्वजनिक नगरेपनि पार्टीका कार्यकर्ता माझ अनौपचारिक रुपमा इच्छा जाहेर गर्दै आएका छन् ।
पूर्व केन्द्रीय सदस्य रहनुभएका चन्दले नेपालगञ्जको मेयर पदका लागि उम्मेदवारी दिने प्रमुख दाबेदार हुनुहुन्छ ।
चन्दले पार्टीका नेतालाई यसपाली आफु मेयरमा उठ्ने बताउँदै आउनुभएको छ भने आफ्ना नजिकका कार्यकर्तालाई प्रष्ट रुपमा चुनावी प्रचार थाल्न निर्देशन समेत दिईसक्नुभएको बताउनुभयो ।
लामो समय पार्टीमा जिम्मेवारी पूर्वक काम गरेको र आम कार्यकर्ताको भावना अनुसार आफु नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उठ्ने चन्दको भनाई रहेको छ ।
वि.सं.२०२५ साल भदौं ७ गते नेपालगंज वडा नं.८ (हाल वडा नं.७) मा जन्मिनु भएका चन्द, अमर शहीद दशरथ चन्दका आफ्नै भाई ललित चन्दका नाती र सुरेन्द्र चन्दका एकलो छोरा हुनुहुन्छ ।
बि.सं.२०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य भई बि.सं.२०५३ सालमा बर्दियाको डेउडाकला वडा नं.१ बाट गाउँ बिकास समितिमा निर्विरोध निर्वाचित हुनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिन्दू राज्य र राज संस्थाको मुख्य एजेण्डा बोकेर मेयर पदको लागि स्थानीय तहको चुनावमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको हो ।
स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै उप–महानगरपालिमा अलग अलग पदको दावेदारहरु अगाडी आउन थालेका छन् । मेयर पदको दावेदारीका साथै समाजिक क्रियाकलापसँगै चुनावको समय नजिकिदै गर्दा मतदाताहरुसँग भेटघाटमा व्यस्त भएका छन् ।





