
नेपालगञ्ज । नेपालगञ्ज वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमालले सरकारी सम्पत्ति फिर्ता गर्नुभएको छ ।
वडा अध्यक्ष हमालले कार्यकालको समयावधी पुरा भै अर्को निर्वाचन आइसकेकाले निर्वाचन आचारसंहिता अनुसार वडा अध्यक्षका रुपमा आफुले प्रयोग गर्देै आएको सरकारी सम्पत्ति फिर्ता गर्नुभएको हो ।
अध्यक्ष हमालले प्रयोग गर्दै आएको एक थान ल्यापटप वडा सचिव खेमराज सुवेदीलाई फिर्ता गर्नुभएको छ । साथै उहाँले कार्याकालको अवधीमा कुनै प्रकारको बिल भपाई बाँकी रहेको भए त्यो पनि जानकारी गराउन वडा सचिवलाई अनुरोध गर्नुभएको छ ।
वडा अध्यक्ष हमालले वडाअध्यक्ष भएदेखि सरकारी सम्पत्तिका रुपमा एक थान ल्यापटपको मात्रै प्रयोग गर्नुभएको थियो । अन्य वडाहरुले मोटरसाईकल लगायतका सामान प्रयोग गरेको भएपनि हमालले आफ्नो व्यक्तिगत साईकल नै चड्नुभएको छ ।
नेपालगञ्जमा यसअघि वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले आफुले प्रयोग गर्दै आएको ल्यापटप र एक मोटरसाईकल फिर्ता गर्नुभएको छ ।





