सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।

जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।

Previous articleनेपालगञ्ज २ का वडाअध्यक्ष हमालले फिर्ता गरे सरकारी सम्पत्ति
Next articleनेविसंघ बाँकेको कार्यवहाक अध्यक्षकाे जिम्मेवारी रावतलाई प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here