
नेपालगञ्ज । नेपालगञ्जको वडा नं १८ मा दिउँसै चोरी भएको छ । नेपालगञ्ज १८ भगवती टोलस्थित टोल गीता शर्माको घरमा दिउँसै तोडफोड गरि चोरी भएको घट्ना सार्वजनिक भएको हो ।
घरमा कोही नभएको मौका छोपी घरको ढोका तोडफोड गरी बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्यहरु आफ्नो काममा गएका बेला यस्तो भएको देखिएको छ ।
घर पछाडीको दुई वटा ढोका फोडर चोरीहरुले घरमा राखिएको नगद ४२ हजार करिब २ तोला सुन चोरी भएको बिशाल चोक प्रहरी बिट प्रमुख हवल्दार नमराज खनालले जानकारी दिनुभयो ।
घरमुली शर्माका अनुसार चोरी घरमा कोही नहुने समयबारे जानकार भएको भएको व्यक्तिले चोरी गरेको आशंका व्यक्त गर्नुभयो । उता प्रहरीले घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।





