
नेपालगन्ज । नेपालगन्जमा सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाले १५ औं वार्षिकोत्सवको अवसरमा बुद्धवार ३८ जनाद्वारा रक्तदान गरिएको छ ।
सो वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल कोहलपुर शाखाका प्रबन्धक बिनोद कुँवर, सिटिजन्स बैंक इन्टरनेशनल बढैयाताल मैनापोखर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, सुदिप कुमार मल्ल, सन्दिप कुमार श्रेष्ठ, प्रतिमा थापा, दिल्लु चौधरी, सुवोध आचार्य, गणेश खनाल, सञ्जिव कुमार थारु, जीवन खडका, दिपक पौडेल, हृदयजंग शाही, सोमराज भण्डारी, शवन मिश्रा, श्रीराम थारु, तुलाराम बलामी मगर, सुरेश खटिक, बीरेन्द्र बहादुर, तेजेश्वर चौधरी, आशुतोष गौतम, शिवराज वर्मा, जित बहादुर बुढा, प्रदिप ओली, गोबिन्द प्रसाद गुप्ता, दुर्गेश प्रसाद धोबी, बिकाश चन्द, दिपेन्द्र केसी, शंकर पौडेल, लक्षमण, शंकर केसी, पदम बहादुर ओली, भरत कुमार जैसी, बलीराम जैसी, प्रतिक श्रेष्ठ, कमल बहादुर शाही, नन्द किशोर वर्मा, मदन प्रसाद शर्मा, सुनिल ओली लगायत ३८ जनाले रक्तदान गर्नुभएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाका प्रबन्धक गोबिन्द देव पन्त बताउनुभएको छ । यसरी १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी पनि गरिएको थियो, धम्बोझी चौक, पुष्पलाल चौक, सेतु बिक चौक, भानभक्त चौक भएर घरवारीटोल हुदैं पुनः प्रभातफेरी, सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखामा समापन गरिएको थियो ।
नेपालभरी रहेका सम्पूर्ण शाखाहरुले विभिन्न किसिमका कार्यक्रम गरी १५ औं वार्षिकोत्सव मनाएको, सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक धिरजराज जोशीले बताउनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल रत्गैया, सुनिल थापा, बैकुण्ठ रेग्मी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





