
नेपालगञ्ज । नेपालगञ्जको उपमयेरका लागि जसपा उम्मेदवार रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरेकी छन । वैश्य यसअघि जसपाबाट नेपालगञ्ज उपमेयरका अकांक्षी थिइन ।
पाँच दलिय सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपहानगरपालिकामा जसपालाई उपमेयर दिने निर्णय भएको छ ।
मेयरमा उम्मेदवारी दिने भनिएका जसपा बाँके अध्यक्ष कमरुद्दिन राईले उपमेयरमा उमेदवारी दिने घोषणा गरेपश्चात जसपाबाट उपमेयरका अकांक्षी बैश्य राप्रपा नेपालमा प्रवेश गरेकी बताइएको छ ।
बिहिबार मात्रै माओबादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका नगर कमिटिका सहचिव तथा नेपालगन्ज मेयरका आकांक्षी राप्रपामा प्रवेश गरेका थिए ।
चुनाव नजिकिएसंगै बाँकेमा पार्टी परिवर्तन तथा पार्टी प्रवेश गर्ने लार्को चालिरहेको छ ।





