जमुनी सुपर किंग नरैनापुर गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिताको बिजेता बन्न सफल

कोहला । नरैनापुर गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।

गाउँपालिकाको सहयोगमा मानव समाज विकास मंच नारैनापुरले संचालन गरेको प्रतियोगितामा जमुनी सुपर किंग क्रिकेट क्लबले बिजेता बनेको छ । यस्तै खलिफा नूर अहमद क्रिकेट क्लबले उपबिजेता बनेको छ । बिजेताले नगद २० हजार र उपबिजेताले १३ हजार ५ सय पुरस्कार पाएका छन् ।

प्रतियोगितामा चार टीमको समूह विभाजन गरी नक आउट प्रणालीबाट खेल संचालन भएको थियो ।

सेमी फाइनल खलिफा नूर अहमद शाह क्रिकेट क्लब नरैनापुर २ मियापुर्वा र नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बीच भएको १६ ओभरको खेलमा मियापुर्वा जीत हासिल गरी फाइनल प्रवेश गरेको थियो ।यस्तै जमुनी सुपर किंग क्रिकेट क्लब नरैनापुर ६ र ख्वाजा गरिब नवाज क्रिकेट क्लब नरैनापुर ४ बीच भएको खेलमा जमुनी फाईनल प्रवेश गरेको थियो ।

जमुनी र खलिफाबीच भएको २० ओभरको फाईनल खेलमा जमुनीको कप्तानी नूर अहमद मुकेरी र खलिफाको कप्तानी कलामुद्दीन खानले गरेका थिए ।

खलिफाका कलामुद्दीनले टास जितेर फिल्डिंग रोज्दा ब्याटिंग गरेको जमुनीले २० ओभरको खेलमा १०४ रन बनाई अलाउट भएको थियो । भने जवाफी ब्याटिंगमा खलिफाले ९ ओभर खेल्दा ७ बिकेट गुमाइ ५२ रन मात्र बनाउन सफल भयो ।समापन मंचका सचिव आरीफ अलि नाउको अध्यक्षतामा शुक्रबार भएको प्रतियोगिताको समापन कार्यक्रममा नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश अधिकारी, जिन्शी प्रमुख भारत मह्तो, ने.रा. प्रस्तावित मा.वि.का अध्यक्ष अलि अहमद मुकेरी, प्र.अ. अफ्सर अलि मुकेरी लगायतको उपस्थितीमा बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ ।

सिकन्दर अलि मुकेरी प्रतियोगितामा संयोजक, कमेन्टटरको भूमिका रमजान अन्सारी, अम्पाएरको भूमिका मुकद्दर अलि मुकेरी र सुजीत तिवारीले निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन कमेन्टरी र संचालन अरुण कुमार यादवले गर्नुभएको थियो ।

यही ३ बैशाख २०७९ शनिबार सुरु भएको प्रतियोगितामा नरैनापुरका ८ ओटा क्रिकेट क्लब हरु सहभागी भएका थिए ।

Previous articleनेपालगन्ज २ को वडाअध्यक्षका प्रमुख दाबेदार कस्मिरा खातुन
Next articleरमारानी बैश्य जसपाबाट राप्रपा नेपालमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here