नेपालगञ्जमा गठबन्धनबाट बाहिरियो माओवादी केन्द्र, एक्लै चुनाव लड्ने घोषणा

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।

नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबन्डामा नपरेपछि आज शनिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेको हो ।

पार्टीले जारी गरेको घोषणा पत्रमा स्थानिय तह निर्वाचनका लागि ५ दलिय गठवन्धन राष्ट्रिय राजनितिको आवश्यकता भएकाले यसलाई राजनैतिक रुपमा आफुहरु स्वीकार गरेको उल्लेख छ ।

तर २०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा भएकोले केन्द्रीय गठवन्धनको मुलमर्म विपरित नेपालगञ्जभित्र नेपाली कांग्रेस, जसपाले प्रमुख र उपप्रमुख पद लिएको पार्टीका नगर अध्यक्ष रतन शाहीले बताउनुभयो ।

नेपालगञ्जमा गठवन्धनको औचित्य समाप्त भएकोले नेकपा (माओवादी केन्द्र) असान्न निर्वाचनमा प्रमुख उपप्रमुखसहित २३ वटै वडामा एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष शाहीले घोषणा गर्नुभयो । तर उम्मेदवार सार्वजनिक भने गरिएको छैन ।

Previous articleनेपालगञ्ज उपमहानगरपालिकासंग निःशुल्क शिक्षाबारे सूचना माग
Next articleमिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here