
नेपालगञ्ज । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राप्रपाबाट नेपालगञ्जको उपमेयरमा बिन्दु चर्ती मगर महिला तर्फ एक्लो उम्मेदवार हुनुहुन्छ ।
बाँकेका आठ पालिकामध्ये नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाबाट चर्ती मगरलाई उपमेयरका लागि उम्मेदवार चयन गरिएको छ ।
राजनितिक, सामाजिक र व्यक्तिगत यी सबै क्षेत्रमा स्वच्छ छवी बनाउन सफल भएकै कारणले पनि युवा नेतृ चर्ती मगरलाई राप्रपाले उपमेयरको उम्मेदवारका लागी चयन गरेको हो ।
पार्टीको उपाध्यक्ष समेत रहनुभएकी नेतृ चर्तीलाई पार्टीले एउटा योग्य, होनहार र पार्टीप्रति कटिबद्ध भएर लागि परेको ईमानदार नेताको रुपमा चिन्दै आएको छ ।
उहाँले बैशाष ३० गते हुन लागिरहेको स्थानिय चुनावमा टिकट पाउनुको एउटै कारण छ, विगत १५ वर्षदेखि राप्रपामा आवद्ध भएर पार्टीले दिएको सबै खाले जिम्मेवारीलाई इमान्दारीताका साथ सम्हाल्दै आउनुभएको छ ।
युवा नेतृ चर्ती मगर रेडक्रस गनापुरको उपशाखा सचिव लगायत अन्य संघसंस्थामा आवद्ध अग्रपंक्तिमा हुनुहुन्छ । सहयोगी भावना र मिलसार स्वभावका साथै पढेलेखेकी, जुझारु र उर्जावान् युवा नेतृ चर्ती मगरको पहिचान केवल एउटा राजनितिक छवि मात्र सिमित छैन ।
उहाँ यस क्षेत्रकै चर्चित पुष्प व्यावसायिका रुपमा पनि उत्तिकै परिचित हुनुहुन्छ । महिला भएकै नाताले उहाँले पार्टीको मात्र नभई अन्य महिलाहरुलाई पनि राजेगार लगायत आवश्यक परेको सबैखाले सहयोगहरु गर्दै आएको पाईन्छ ।
२०६२ देखि राप्रपाको राजनीतिमा होमिएर आजसम्म उहाँले आफ्नो पार्टीलाई अतुलनिय योगदान पुर्याउँदै साबिक वडा नम्बर ८ तथा हाल वडा नम्बर २० को राप्रपाको बुथ सचिव हुँदै महिला संगठनको अध्यक्ष समेत बनिसक्नुभएको छ ।
राजनीतिक पृष्ठभूमिबाट आउनुभएकी उहाँ नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचित सदस्य, लायन्स क्लब अफ नेपालगञ्ज युनिटीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । नेतृ चर्ती मगरलाई नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयरको सशक्त उम्मेदवारका रुपमा हेरिएको छ ।





