
नेपालगञ्ज । जेसिज सप्ताह २०२२ को अवसरमा रक्तदान तथा प्रस्तावना लेखन तालिम सम्पन्न गरिएको छ ।
जेसिज सप्ताह २०२२ को अवसरमा नेपालगञ्ज जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान तथा प्रस्ताना लेखन तालिम संचालन गरेको थियो ।
भेरी अस्पताल परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना युवाहरुले रक्तदान गरी सहभागिता जनाएका छन् ।
माेहित बर्नवालको नेतृत्वमा भएको रक्तदान कार्यक्रममा नेपालगञ्ज जेसिज २०२२ का अध्यक्ष चिरन्जिवी गौतम लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्वको टिमले सहयोग गरेको नेपालगञ्ज जेसिज २०२२ का कार्यकारी उपाध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी सप्ताह व्यापी कार्यक्रम अन्तर्गत तालिम संयोजक सागर सिंह ठकुरीको नेतृत्वमा प्रस्तावना लेखन तालिम संचालन गरिएको थियो ।
तालिममा नेपालगञ्ज जेसिज लगायतका युवाहरुको सहभगितामा एक दिने तालिममार्फत प्रस्तावना लेखनको सीप प्रदान गरिएको जनाइएको छ ।





