नेपालगञ्ज २२ मा बिद्याराम बर्माको नेतृत्व, विवादरहित कार्यकाल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का वडाअध्यक्ष बिद्याराम बर्माको नाम नुसुन्ने कमै होलन । जस्तो उहाँको नाम, त्यस्तै उहाँमा ज्ञान पनि भरिएको छ ।

जनप्रतिनिधिको रुपमा वडाअध्यक्षको नेतृत्व सम्हालेको पनि करिब पाँच वर्ष पुग्यो । यो अवधीमा नेपालगञ्ज थुप्रै वडाहरुमा जनता र जनप्रतिनिधिबीच विवाद, मनमुटावका कुराहरु सार्वजनिक भए ।

तर वडा नं २२ मा संघीयताको पहिलो कार्यकालभित्र वडाअध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको बर्माको क्षेत्रमा कुनै पनि विवाद सार्वजनिक भएको छैन । उहाँको नाम अनुसार नै उहाँको क्षेत्रमा काम पनि भएको स्थानीय बताउँछन् ।

हुनत ः बिद्याराम जनप्रतिनिधि हुनुअघि पनि स्थानीय जनताको समस्यामा सहभागि भई समाधानका लागि पहल गर्ने गर्नुभएको छ । त्यसमाथि तिनै जनताले जनप्रतिनिधिको भूमिकामा राखेपछि जनताको समस्यामा पनि सहभागि नहुने कुरै भएन ।

पाँच वर्षको अवधीमा वडाको सबै क्षेत्रमा पुगेर सबैखाले जनताहरुको समस्या बुझ्नुभएको छ, वडाअध्यक्ष बर्माले । यसरी समुदायमै पुगेर बुझेका समस्याहरु समाधान पनि कतिपय भएका छन् भने कतिपय समस्याहरु समाधान हुने तयारीमा रहँदा रहँदै स्थानीय तहको निर्वाचन आईसकेको छ ।

वडाअध्यक्ष बर्माले समाधान गर्न चाहँदा चाहँदै नजिकिएको निर्वाचनले पुनः निर्वाचनमा होमिनुपर्ने भएको छ । गर्न नसकिएको समस्यालाई नै समाधानको मुख्य एजेण्डा र बाँकी गर्नुपर्ने बिकासक्रमका लागि वडाअध्यक्ष बर्मा पुन वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

नेपाली कांग्रेस वडा ईकाई कमिटिले सर्वसम्मत रुपमा वडाअध्यक्षका लागि बर्माको नाम समेत सिफरिस गरेको थियो । जसअनुसार २२ नम्बरमा पुन बर्मालाई जिताउने बुद्धिजिवीको आशा रहेको छ ।

Previous articleआज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
Next articleडुडुवामा २ वडा सदस्यसहित जसपाका ५० वढी कार्यकर्ता कांग्रेसमा प्रबेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here