डुडुवामा २ वडा सदस्यसहित जसपाका ५० वढी कार्यकर्ता कांग्रेसमा प्रबेश

डुडुवा । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली कांग्रेशमा प्रबेश गरेका छन ।

जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रीय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने नेपालकै ठुलो पार्टी नेपाली कांग्रेश मात्र भएकाले आफुहरु कांग्रेश पार्टीमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन ।

गत निर्वाचनमा जसपाबाट निर्वाचित डुडुवा गाउँपालिकाका वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासीसहित ५० जना सक्रिय कार्यक्रता पार्टी प्रबेश गरेका हुन ।

आज आइतबार एक कार्यक्रमका विच नेपाली कांग्रेश प्रदेश सभा (क) का सहसचिव समसुद्दिन खा, नेपाली कांगे्रश ३ नं.वडा सभापति छोटेलाल बर्मा र क्षेत्रीय प्रतिनिधी सहाबुद्दिन खाँले नव प्रबेशी कार्यक्रताहरुलाई अबिर लगाएर सदस्यता प्रदान गर्नुभएको थियो ।

पार्टी प्रबेश गर्नेहरुमा वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासी, शकील खान, कैलास काँदू, जमिल साई, बुधराम यादव, सुशीला यादव, अली हुसेन खा लगायत रहनु भएको छ ।

कार्यक्रममा प्रबेश गरेका कार्यक्रताहरु स्थानीय निर्वाचनमा नेपाली कांग्रेशको उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता गर्दै प्रचार प्रसारको अभियान समेत शुरु गरेको जनाएका छन ।

Previous articleनेपालगञ्ज २२ मा बिद्याराम बर्माको नेतृत्व, विवादरहित कार्यकाल
Next articleमुक्त कमैया शिविरमा भीषण आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here