बाँकेमा एक सञ्चारकर्मीमा कोरोना संक्रमण

बाँके । बाँकेमा दोस्रो पटक सञ्चारकर्मीमा कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२ का एक जना ४५ वर्षीय सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार जिल्लामा पुष्टि भएका २८ जनामध्ये एक जना सञ्चारकर्मीमा पनि कोरोना संक्रमण रहेको फेला परेको छ ।

बाँकेमा यसअघि पनि नेपालगञ्ज २ का एक सञ्चारकर्मी दम्पतिमा कोरोना संक्रमण भेटिएको थियो । हाल उनीहरु कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

Previous articleएक चिकित्सकसहित बाँकेमा २८ जनामा संक्रमण पुष्टि
Next articleनेपालगञ्जको कन्ट्याक्ट ट्रेसिङबाट २५ जनामा संक्रमण फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here