एक चिकित्सकसहित बाँकेमा २८ जनामा संक्रमण पुष्टि

बाँके । बाँकेमा बिहीबार जम्मा २८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बिहिबार बाँकेका २८ जनामा देखिएको छ भने बर्दियाका १४ जनामा संक्रमण देखिएको हो ।

बाँकेमा यसअघि दिउँसो संक्रमण पुष्टि भएका १६ जनासहित जम्मा २८ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एक चिकित्सक रहेका छन् ।

पछिल्लो समयमा जिल्लामा दैनिकजसो भारी संख्यामा कोरोनाका बिरामीहरु फेला परिरहेकाले समुदायमा त्रास सृजना हुने भन्दै संक्रमितहरुको विवरण सार्वजनिक गरिएको छैन ।

संक्रमितहरुको उमेर र ठेगानामा मात्रै सार्वजनिक गरिएको छ । यद्दपि यसअघि भने यी विवरणसंगै उनीहरु काम गर्ने कार्यालय वा संस्था तथा पद पनि खुलाउने गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले पहिलादेखि जारी गरिँदै अएको विवरणमध्ये केही कुरा नखुलाउने निर्णय भएको बताउनुभयो ।

Previous articleनिषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई क्वारेन्टिन पठाइयो
Next articleबाँकेमा एक सञ्चारकर्मीमा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here