नेपालगञ्जको कन्ट्याक्ट ट्रेसिङबाट २५ जनामा संक्रमण फेला

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा २५ जनामा संक्रमण फेला परेको छ ।

नेपालगञ्जमा सर्वप्रथम जनप्रतिनिधि तथा वडासचिवलाई कोरोना देखिएपछि मंगलबार २१ गते गरिएको १९८ जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत २५ जनामा संक्रमण देखा परेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार बाँकेका २८ जनामध्ये कन्ट्याक्ट ट्रेसिङमा देखिएकाहरुमा डाक्टर, सञ्चारकर्मी, नगर प्रहरी प्रमुख, जिन्सी शाखाका कर्मचारी, निर्धन उत्थान बैंकका दुई जना कर्मचारी, भेरी अस्पतालका कर्मचारी, नगरपालिका सदस्य, जिल्ला समन्वय समितिका कर्मचारी, सरसफाइकर्मी र वडाका कर्मचारीमा मा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालगञ्ज क्वारेन्टिनमा रहेका खजुराका तीन जनामा संक्रमण फेला परेको छ । भेरी अस्पताल नेपालगञ्जमा गत ४८ घण्टामा भएको परीक्षणपछि बिहीबार बाँकेका २८ सहित बर्दियाका १४ जना गरी ४२ संक्रमण देखा परेको छ ।

Previous articleबाँकेमा एक सञ्चारकर्मीमा कोरोना संक्रमण
Next articleहाय गर्मी…….!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here