
नेपालगञ्ज । थारु रोमान्टिक गीत ‘तोहार नथिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राम चौधरीको शब्दमा आरोह, संगित केशब बडुले भर्नुभएको गीतमा प्रमोद डिजी, अन्नु चौधरीको सुमधुर आवाज रहेको छ ।
गीतको म्युजिक भिडियो बाँकेको पर्यटकिय स्थल गाभर लगायतका बिभिन्न ठाँउमा छायाकंन गरिएको छ । नवराज सुबेदीको निर्देशन रहेको गीतमा कृष्णराज अधिकारी र शोना बज्राचार्यको अभिनय रहेको छ ।
थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका सुबेदीलाई एक मेहनती निर्देशक भन्दा फरक नपर्ने उहाँका भिडियो हेरेर थाहा हुन्छ । यो उहाँको थारु भाषाको चौथो म्युजिक भिडियो हो ।
यस गीतको संगित संयोजन चर्चित संगित संयोजक, गायक तथा थुप्रै सुपरहिट गीत संयोजन गरिसक्नुभएका केशब बडुले गर्नुभएको
राम चौधरीको शब्दमा आरोह, संगित केशब बडुले भर्नुभएको गीतमा आवाज प्रमोद डिजी, अन्नु चौधरीको सुमधुर आवाज रहेको छ ।
गीतमा डान्स कोरियोग्राफी रोयल डान्स कम्पनीका भरत शाहीले गर्नुभएको छ । दुई प्रेमीबीचको टाढापन र त्यसपछि भेट्ने आशमा रमाएको कथामा आधारित रहेर गीत तयार पारिएको छ ।





