काँग्रेसबाट जानकीको अध्यक्षमा खाँ र उपाध्यक्षमा यादवको उम्मेदवारी दर्ता

साहिल शेष (ताहिर)
खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांँग्रेसको तर्फबाट अध्यक्ष पदमा छब्बन खाँ र उपाध्यक्ष पदमा रामप्यारी यादवले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

सोमबार दिउँसो बाजागाजा धुमधामका साथ काँग्रेस कार्यकर्ताहरुसंगै निर्वाचन अधिकृतको कार्यालय पुगेर खाँ र यादबले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

जानकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्नका लागि कांँग्रेसले एक समिति बनाएको थियो । जस अनुसार आइतबार बेलुका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

काँग्रेसले जानकी गाउँपालिकाको ६ वटै वडाअध्यक्षका उम्मेदवार तथा सदस्यहरूले सोमबार नै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

Previous articleथारु रोमान्टिक गीत ‘तोहार नथिया’ सार्वजनिक
Next articleनेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here