
काठमाडौं । सत्ता गठबन्धनको बैठकले ७ बुँदे निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको तालमेलबारे बालुवाटारमा छलफल गर्न बसेको बैठकले गठबन्धन बाहिरका दलसँग तालमेल गरे ती निर्णय खारेज गर्ने चेतावनी दिएको हो ।
तालमेलको सहमतिलाई पालना गर्न गठबन्धनले आग्रह गरेको छ । काठमाडौं लगायत अन्य जिल्लामा गठबन्धनको सहमति भन्दा बाहिर गएर दलहरुले तालमेल गरेका छन् । जसकारण गठबन्धनभित्र असहमति भएको सन्देश बाहिर गएको भन्दै त्यस्ता तालमेल खारेज गर्न शीर्ष नेताले निर्देशन दिएका हुन् ।
यस्तो छ ७ बुँदे निर्देशन
१.६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरित गठवन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने ।
२.गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने ।
३. ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने ।
४. नगरपालिका र गाँउपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने ।
५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने ।
६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने ।
७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।






