शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालगञ्ज । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताउनुभयो । यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ ।

यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म परीक्षणका रुपमा तोकेको छ ।

‘हाललाई परीक्षणका रुपमा जेठ १ गते देखि लागु हुने गरी ९:३० देखि ५:३० बजे कार्यलय समत तोक्ने र सातामा शनिबार र आइतबार विदा दिने निर्णय भएको छ,’ कार्कीले भन्नुभयो ।

यसअघि नेपाल राष्ट्र बैंकले साताको दुई दिन बिदा दिने प्रस्ताव गरेको थियो । इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो ।

सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो ।

Previous articleनेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही
Next articleपाँच दल बाहिरको तालमेल खारेज गर्न निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here