दाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

हेमराज शर्मा, दाङ । दाङको तुलसीपुरमा आज दिउँसो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जुँगारबाट तुलसीपुरका लागि छुटेको रा १ ज ५१० नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ चोर खोला नजिकै दुर्घटनामा परेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटना भएको जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घाइतेहरुको परिचय खुलेको छैन ।

Previous articleत्रिविमा परीक्षाफल प्रकाशन कार्यमा व्यापक ढिलासुस्ती
Next articleरेडपाण्डा संरक्षणकर्मी लामालाई ६२ लाख रुपैयाँको ह्वीटली अवार्ड प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here