रेडपाण्डा संरक्षणकर्मी लामालाई ६२ लाख रुपैयाँको ह्वीटली अवार्ड प्राप्त

नेपालगञ्ज । रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको यामफुदिन गाउँका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाउनुभएको छ ।

बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ) सहित सो अवार्ड प्रदान गरिएको हो ।

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितिमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गर्नुभएको हो । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै लामाले यो रकम रेड पाण्डाको बासस्थान सुधार, अवैध चोरी तस्करी नियन्त्रण र जनचेतनामुलक काममा खर्च गर्ने बताउनुभयो । अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्छ ।

यसअघि ह्वीटली अवार्ड नेपालका वरिष्ठ चराविद् हेमसागर बरालले सन् २००५ मा पाउनुभएको थियो ।

Previous articleदाङमा जीप दुर्घटना हुँदा १० जना घाइते
Next articleआचार संहिता उल्लंघन गर्ने सांसदसहित पाँच दललाई कारबाही सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here