मतदातामाझ पुग्दै नेपालगञ्ज २ का वडाअध्यक्ष उम्मेदवार खातुन

साहिल शेष, नेपालगन्ज । प्रचण्ड गर्मीसंग-संगै चुनावी सरगर्मी पनि नेपालगन्जमा हवात्तै बढेको देखिन थालेको छ ।

जतिजति निर्वाचनको समय नजिकिदै छ त्यति त्यति नै चुनावी सरगर्मी पनि बढ्दै गएको देखिन्छ । चुनावी प्रचार प्रसारको लागि पार्टीका नेता तथा कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई बिजयी गराउन घरदैलो कार्यक्रम गर्न थालिसकेका छ्न ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले पनि चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरी घरदैलो कार्यक्रमको सुरूवात गरेको छ ।

नेपालगन्ज २ का वडा अध्यक्ष पदका उम्मेदवार कस्मिरा खातुन (कालिमिया) नेतृत्वको टोलीले वडा नम्बर २ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरी प्रचार प्रसारको सुरूवात गरेका हुन ।

घरदैलो कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा महिलाहरूको सहभागिता रहेको देखिन्थ्यो ।

माओवादी केन्द्रले नेपालगन्ज २ को वडा अध्यक्षमा सफल उद्यमी व्यवासायी महिला नेतृ कस्मिरा खातुनलाई चुनावी मैदानमा उतारेको छ । माओवादी केन्द्रको कोषाध्यक्ष समेत रहनुभएकी खातुन मुस्लिम मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

नेपालगन्ज २ नम्बर वडामा केन्द्रको अवस्था राम्रो रहेको उम्मेदवार खातुनले बताउनुभयो । गार्मेट संचालक खातुनले महिलाहरुलाई रोजगारी दिनुभएको छ ।

खातुनले आफू निर्वाचनमा बिजयी भए वडा कार्यालयबाट हुने काम चुस्त दुरुस्त बनाउने, टोलको बिकास हुने र स्थानीयको हित हुने काम आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।

टोललाई सफा सुग्घर बनाउने, ढल निकासको ब्यवस्थापन गर्ने, नाला, फोहोर ब्यवस्थापन, स्वास्थ्य, शिक्षा जस्ता कुरामा विशेष ध्यान दिने, पहिलाको अधुरो कामलाई पूर्णता दिने, स्थानीयको सुख, दुःखमा साथ दिन सकु भन्ने सोचले आफुले उम्मेदवारी दिएको खातुनले बताउनुभयो ।

Previous articleमेयरका उम्मेदवार बिष्ट र उमेयरका उम्मेदवार राई घरदैलोमा व्यस्त
Next articleराप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीद्धारा पार्टी परित्याग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here