
नेपालगञ्ज । राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले पार्टी परित्याग गर्नुभएको छ ।
उहाँले शुक्रवार केन्द्रीय सदस्य तथा साधारण सदस्य समेत नरहने गरी राप्रपा नेपालबाट राजीनामा घोषणा गर्नुभएको हो ।
उहाँले राजीनामाका विषयमा ‘स्वतन्त्र रुपमा बस्नै पर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिएको’ भन्नुभएको छ ।
साथै उहाँले स्थानीय तह निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उम्मेदवारलाई सघाउन कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । सुवेदी २०६८ सालदेखि राप्रपा नेपालमा आबद्ध हुनुहन्थ्यो ।





