नेपाली काँग्रेस कोहलपुरको आजदेखि चुनावी घरदैलो शुरु

कोहलपुर । नेपाली काँग्रेस कोहलपुरले आजदेखि चुनावी घरदैलो शुरु गरेको छ ।

कोहलपुर नगरपालिका—१२ चप्परगौडी स्थित शहिद परिवारको घरबाट घरदैलो अभियान शुरु गरिएको हो ।

शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्र बहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिनु भएको थियो ।

सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिनु भएको थियो । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गर्नुभएको थियो ।

स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजना सहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाउनु भयो ।

घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी हुनु भएको थियो ।

कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको हो ।

Previous articleराप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी
Next articleराप्तीसोनारीमा अध्यक्षका उम्मेदवार कांग्रेसका पौडेलद्धारा घरदैलो अभियान तिव्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here