राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार कांग्रेसका पौडेलद्धारा घरदैलो अभियान तिव्र

राप्नीसोनारी । नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार तप्त पौडेलले घरदैलो अभियान तिब्र पार्नुभएको छ ।

उहाँले आज राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को राजपुर ,सम्सेरगंज र टिकुलिपुरमा मतादाताहरु संग भेटघाट कार्यक्रम गर्नुभएको छ ।

कार्यक्रममा स्थानिय बासीहरुको मागलाई सम्बोधन गर्दे अध्यक्ष पदका उम्मेदवार पौडेलले अति आवश्यक शिक्षा ,स्वास्थ्य ,बाटोघाटो र बिजुली जस्ता पुर्वाधारको विकास गर्ने बताउनुभायो ।

उहाँले ईन्टरनेटको सुविधा नपुगेको स्थानमा फ्रि वाईफाई जोनको व्यवस्था गर्ने बताउनुभयो । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिसा सिंह थारुले स्थानियका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानियहरु संगको भेटघाट कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष पदमा उम्मेदवार तुलाराम खत्रीले स्थानियको समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताउनुभयो ।

Previous articleनेपाली काँग्रेस कोहलपुरको आजदेखि चुनावी घरदैलो शुरु
Next articleडुडुवामा काँग्रेसको घरदैलो अभियान पनि तीब बनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here