क्षमता बिकास र सशक्तिकरण अभियान सञ्चालन

नेपालगञ्ज । बास नेपालले स्थानीय निर्वाचन २०२२ का लागि महिला तथा सिमान्तकृत समूहका सम्भावित नेताहरूको क्षमता बिकास र सशक्तिकरण अभियान सञ्चालन गरेको छ ।

लुम्बिनी, सुदुर र कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा बास नेपालले युएनडिपि, ईएसपि र युएन वमेनको सहयोगमा बास नेपालले सो अभियान सञ्चालन गरेको हो ।

अभियान अन्र्तगत आज तीन प्रदेशबाट प्रतिनिधित्व गर्ने सहजकर्ता र स्वयंसेवकहरुलाई मतदाता शिक्षा, लैंगिक समता तथा सशक्तिकरण बारे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बाँके, बर्दिया, दाँग, रुपन्देही, सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, दैलेख, अछाम, बझांग, बाजुरा, कैलाली, कञ्चनपुर लगायत बिभिन्न जिल्लाका ४० जना सहजकर्ता र स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा निर्वाचनको समयमा लैंगिक सवाल, निर्वाचनको समयमा हुने हिंसा, बिभेद र नागरिकहरुको भुमिका बिषयमा महिला अधिकारकर्मी कमला पन्त, निर्वाचन, निर्वाचनको प्रकृया बिषयमा जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्त, मतदाता शिक्षा, नागरिकहरुको अर्थपूर्ण सहभागिता बिषयमा अधिबक्ता पदम पाण्डेले प्रशिक्षण दिनुभएको छ ।

अभियान बारे बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बासकी पूर्ब अध्यक्ष सिता बोहरा, संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले बोल्नुभएको थियो ।

कार्यक्रममा बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिब कुमार बर्मा लगायतको उपस्थिती रहेको थियो ।

अभियान अन्र्तगत लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ स्थानमा प्रदेश स्तरिय कार्यशाला, २१ वटा पालिकास्तरमा सामुदायिक अन्र्तक्रिया गरिनेछ ।

Previous articleनेपालगञ्ज-६ का वडाअध्यक्ष समिर प्रताप सिंह नेतृत्वको उपलब्धी र अबको योजना सार्वजनिक
Next articleनेपालगञ्ज-८ को वडा सदस्यमा साहुको चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here