नेपालगञ्ज-८ को वडा सदस्यमा साहुको चर्चा

नेपालगञ्ज । अहिले नेपालगन्ज स्थानीय निर्वाचनमा युवा केन्द्रित बनेको छ । यस बारेमा जनताले पनि बुझ्न जरुरी छ, किन यस पटकको निर्वाचनमा युवाहरु पनि अघि बढ्न खाजेका छन् ।

नेपालगञ्ज लगायत बाँकेको थुप्रै पालिकाहरुमा युवाहरु उम्मेदवार बनेका पनि छन् । यसको उदाहारणका रुपमा नेपालगञ्ज वडा नं ८ मा पनि उम्मेदवार रहेका श्याम कुमार साहूलाई लिन सकिन्छ ।

युवाले पनि समाजका लागि वा समाज सेवा गर्न चाहन्छन् तर अवसर नपाएकै कारण समाजमा सोचेको जस्तो काम हुन नसकेको सर्वसाधरणले प्रष्ट देख्न सक्छन् ।

साहु राप्रपा नेपाल पार्टीबाट वडा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । युवाहरुको जित नै समाज बिकासको जित हुने साहुले भन्नुभयो । समाजको नेतृत्व गर्ने व्यक्ति नेताभन्दा जनताको सेवक हो भन्ने मलाई लाग्छ,’ युवा उम्मेदवार शाहुको भनाई अहिले चर्चामा रहेको छ ।

सामाजिक व्यक्तित्वको व्यक्तिगत जीवन हुँदैन, जनताले मत दिएर जिताएपछि आफ्नो जीवन समाजसेवीको हुने साहुले भन्नुभयो । जनताको सेवा, वडाको विकास तथा वडावासीप्रति आफूलाई समर्पित गर्ने सोंचले आफुले वडा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।

Previous articleक्षमता बिकास र सशक्तिकरण अभियान सञ्चालन
Next articleजेसिज सप्ताह-२०२२ समापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here