मेयरका उम्मेदवार बिष्ट र उमेयरका उम्मेदवार राईको बिहानैदेखि घरदैलो अभियान

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ ।

नगर प्रमुख पदका उम्मेदवार विष्टले अहिले विहान १० बजेदेखि घरदैलो सुरु गर्दै हुनुहुन्छ भने उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका–२२ मा घरदैलो गरिरहनुभएको छ ।

उपप्रमुख पदका उम्मेदवार राईले वडाबासीका समस्या सुन्दै र, ति समस्या सम्वोधनमा प्रतिबद्धता जनाउँदै घरदैलो कार्यक्रम गरिरहनुभएको हो ।

नेपालगन्जमा नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईप्रतिको जनलहर बढ्दै गएको छ । विष्ट र राई राजनीतिमा नेपालगन्जका चर्चित अनुहार हुनुहुन्छ ।

मिसन र भिजनसहित चुनावी अभियानमा जुट्नु भएका विष्ट र राईप्रति नगरबासी सहयोगको प्रतिबद्धतासहित स्वःस्फुर्तरुपमा चुनावी प्रचार प्रसारमा खटिएका छन् ।

Previous articleनेपाली कांग्रेस कोहलपुरले जारी गर्यो घोषणा पत्र
Next articleमतदातामाझ मिश्र-विकासको वाचा पुरा गर्छु, अवसर दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here