
नेपालगञ्ज । सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ ।
०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो ।
यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो ।






