
बाँके । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियानका क्रममा जिल्लाको डुडुवा गाउँपालिका वडा नं–५ दलैपुरका २२ वर्षीय एकलाल बोहरालाई गत २० गते प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बोहोरमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत बाँकेले २०७२।०५।०९ मा ५ वर्ष कैद सजाय तोकेको छ ।
त्यस्तै सजाय भएका फरार डुडुवा नं ५ दलैपुरका २२ वर्षीय रोमन क्षेत्रीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरी प्रवक्ता सुवास खड्का जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यस मद्दामा संलग्न डुडुवा ५ दलैपुरका ज्ञानु बोहरा, भिम बहादुर वि.क र शंकर क्षेत्री सजाय काटेर छुटिसकेका छन् भने ललित क्षेत्री र देव बहादुर बुढाक्षेत्री अझै फरार छन् ।





