
बाँके । जिल्लामा लकडाउन उलंघन गर्ने १७२ सवारी साधन र मास्क नलगाउने २४ जना कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार पनि विभिन्न क्षेत्रबाट निर्देशनको अवज्ञा गर्नेहरूलाई कारवाही गरिएकाे छ ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय अनुसार प्रहरीले लकडाउन उलघङन गर्ने १७२ सवारी साधनबाट १७ हजार २ सय र मास्क प्रयोग नगरी हिड्ने २४ जना जना पुरुषबाट २ हजार ४ सय रूपैयाँ गरी १९ हजार ६ सय जरिवाना समेत असुल गरेकाे छ ।
जिल्लामा निर्देशनकाे अवज्ञा गर्ने धेरै बढेपछि प्रहरीले त्यस्तालाई कारवाही गर्ने अभियान शुरू गरेको छ ।





