
बाँके । कोरोना भाइरसका संक्रमितहरु जिल्लामा बढ्दै गएपछि प्रशासनले निषेधाज्ञालाई फेरी बढाएको छ । जिल्लामा कोरोना संक्रमण फैलँदै गएपछि हाल जारी निषेधाज्ञा चार दिन थप गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले निषेधाज्ञा मंगलबार राती १२ बजेसम्म बढाइएको जानकारी दिनुभयो । कोरोना संक्रमण समुदायस्तरमा बढ्दै गएको देखिएकाले बाँकेमा निषेधाज्ञा बढाइँदै लगिएको हो ।
जिल्लामा देनिक रुपमा कोरोनाका संक्रमितहरु भारी संख्यामा फेला परिरहेका छन् । बिहीबार मात्रै जिल्लाका २८ जनामा संक्रमण देखिएको थियो भने आज शुक्रबार फेरि बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ४७ पुगेको छ ।





