पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका-५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।

डीएसपी थापाका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको डीएसपी थापाले बताउनुभयो ।

Previous articleकाँग्रेस बाँकेको घोषणापत्र : ‘घरमै स्वास्थ्य सेवा
Next articleजेलबाट भागेका यमराजले पाए १८ वर्ष कैद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here