जानकी-२ का दुई नेता एमाले प्रवेश

जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं.-२ बेलभारका होनहार माओवादी नेताद्वय एमालेमा प्रबेश गरेका छन् ।

जानकी गाउँपालिका वडा नं.-२ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल बहारी काँदु एमालेमा प्रबेश गर्नुभएको हो ।

जानकी-२ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेको मानिन्छ । यसअघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ ।

Previous articleनेपालगन्जमा गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प
Next articleउपमेयरकी उम्मेदवार बिन्दु चर्तीमगर : महिला उद्यमीको प्रेरणाको स्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here