
जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं.-२ बेलभारका होनहार माओवादी नेताद्वय एमालेमा प्रबेश गरेका छन् ।
जानकी गाउँपालिका वडा नं.-२ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल बहारी काँदु एमालेमा प्रबेश गर्नुभएको हो ।
जानकी-२ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेको मानिन्छ । यसअघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ ।