बैजनाथको परिवर्तन लागि राजनीतिमा युवाको नेतृत्व आबश्यकः प्रकाश शाही

बैजानाथ । पछिल्लो समय राजनीतिमा पाका पुस्ताहरुको अनुभव र युवाहरुको जोस अनि जागरका विच पुस्तान्तरण र प्रतिस्पर्धामा मात्र छैनन् त्यसका लागि आवाजहरु पनि बुलन्द हुदै सक्रियता र परिवर्तनका वास्तविक चित्रहरु उदाँउन थालेका पनि छन् ।

पाका पुस्ताहरुले पद त्याग्न कठिन मानेका बेला युवाहरुले कतै हस्तक्षेप गरेर तथा कहि स्वभाविक रुपमा नेत्तृत्का लागि अगाडि सरेका उदाहरणहरु प्रशस्त देखिएका छन् ।

युवाहरुले पाकाहरुको अनुभव सँग आफ्नो जोस र जागर प्रयोग गरेका बेला समाज रुपान्तरण सम्भव भएका तिनै उदाहरणले पनि परिवर्तन युवाको नेतृत्वमा हुनुपर्ने आवाज जरुरी रहेको मान्न सकिन्छ ।

बैजनाथ गाँउपालिकामा पनि यस पटकको निर्वाचनमा नेपाली कांग्रेस बैजनाथ गाँउपलिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बहादुर शाहीले आफ्नो राजनैतिक यात्रालाई निरन्तरता दिन साझा नेतृत्वको लागि चुनावि दौडमा होमिनुभएको छ ।

असल चारित्रिक गुण र मिलनसार सहयोगी भावनाको स्वभाव भएका शाही समाज परिवर्तन र सामाजिक आवस्यकता पुरा गर्ने बलियो माध्यम हुनसक्ने धेरैले अनुमान गर्न थालेको पाईन्छ ।

शाहीको चर्चा यहि कारणले मात्र होईन वि.स २०४६ सालको नेबि संघबाट राजनितीमा यात्रा सुरु गरेका शाही २०६२÷६३ सालको जनआन्दोलनमा साविको चिसापानी गाविस वडा नं। १ को नेतृत्व गदै नेपाली कांग्रेसको १२ औं महाधिबेशनबाट क्षेत्रीय उपसभापती भई पार्टीको नेतृत्व हाक्नुभएको थियो ।

सबैसँग मिल्दो ब्यावहार गर्ने उनि कसैलाई नजिक टाढा देख्न नहुने बताउनुहुन्छ । राजनीतिलाई आफुले पेशा नभई सेवाको रुपमा लिएको उहाँको भनाइ छ । बैजनाथको चुनावी दौड जित्न कुनै समस्या नठानेका उहाँ बैजनाथबासीको साझा पात्र बन्ने प्रयास गर्नुभएको छ ।

Previous articleनेपालगन्जको घोसीटोलमा घन्कियो नारा, ‘प्रशान्त विष्ट हाई–हाई’
Next articleखजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here