
नेपालगन्ज । नेपालगन्ज अत्याधिक गर्मी हुने शहर हो । यहाँ गर्मीसंगै लामखुट्टे बिगबिगी रहेको छ । यो मुद्दा अहिले यो चुनावी मुद्दा बन्ने गरेको छैन । यद्यपी नेपालगन्जबासीका लागि ठूलो समस्याको रुपमा रहेको छ ।
लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने गरेको छ । नेपालगञ्जवासीका लागि यी रोगहरु जनस्वास्थ्य समस्या हुन् ।
यति ठूलो जनस्वास्थ्य समस्या निम्त्याउने लामखुट्टे नियन्त्रणका बारेमा अरु उम्मेदवारले मुद्दा बनाउने गरेका छैनन् । नेकपा एमालेका उम्मेदवार पशुपतिदलाय मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई उठाउनुभएको छ ।
मिश्रले लामखुट्टे नियन्त्रण गर्ने र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सार्नुभयो । लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाई अपरिहार्य हुन्छ ।
नेपालगञ्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सफा शहरको योजना मिश्रले अगाडि सार्नुभएको हो ।
‘इच्छाशक्ति चाहिन्छ यो काम गर्न । हामीसंग त्यो इच्छाशक्ति छ। ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौ ।’– मिश्रले भन्नुभयो ।





