
गुलरिया । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठीमी भक्तपुरको पत्र संख्या २०७८ ७९ को चलानी नं १४ को सूचनामा, ‘स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्ने’ उल्लेख गरिएको छ ।
अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाहरुको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरुको उचित पहिचान र सम्मान गर्ने तथा अभिलेख राख्ने व्यवस्था गर्ने, आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुलाई विद्यालय बाहिर रहेका बालबालिकाहरुको लगत संकलन, भर्नाको समय,स्थान र प्रक्रिया बारे प्रचार प्रसार, सञ्चार र समन्वय आदिमा परिचालन गर्न निर्देशन दिएको छ ।
भर्ना अभियानका कारण विद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, आफ्नो क्षेत्र भित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ बैशाख महिनामा नै सञ्चालन गर्ने, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि आफ्नो सेवाक्षेत्रभित्र व्यापक रुपमा प्रचार प्रसार र सूचना गर्ने सूचनामा उल्लेख भए बमोजिम सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित बाँके र बर्दिया जिल्लामा परियोजना संचालन भएका २५ बिधालयहरुमा शैक्षिक सत्र २०७९ भर्ना अभियान कार्यक्रम संचालन गरिएको परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयाे ।






