नीजि सरह सुबिधा सम्पन्न माबि बन्जारेगाउँमा भर्ना अभियान संचालन

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारे गाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक आदित्य कुमार बर्माका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो ।

सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान संचालन गरिएको छ ।

भर्ना अभियानका क्रमा बिद्यालयले १ देखि ९ कक्षासम्म भर्ना गर्न अभिभावक तथा परिवारलाई आफ्ना बालबालिकालाई समयमै बिद्यालयमा पुग्न अनुरोध गर्ने गरिएको प्राधानाध्यापक बर्माले बताउनुभयो ।

माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन शुरु गरेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा संचालन तथा बिषयगत शिक्षकहरुको व्यवस्थापन समेत बिद्यालयमा गरिएको प्रअ बर्माले जानकारी दिनुभयो ।

बालबालिकालाई बढ्लिंदो परिवेश अनुसारको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन कम्प्यूटर, खेलकुद, प्रयाप्त शैक्षिक सामाग्री, भौतिक पूर्वाधारसम्पन्न, खानेपानी र धाराको व्यवस्था, छात्र र छात्रा शौचालयका लागि छुट्टा छुट्टै शौचालको भएको, १ देखि कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था, गरिब, जेहेन्दार, जनजाती र दलित छात्र, छात्राहरुलाई छात्रबृतिको व्यवस्थाका साथै बिद्यालयमै इन्टरनेट सुबिधासहित र बालमैत्री व्यवहारमार्फत पठन पाठन संचालन गरिएको छ ।

Previous articleबाँके बर्दियामा भर्ना अभियान, संघ संस्थालाई परिचालन गर्न निर्देशन
Next articleआधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरा-६ बाट प्रदान हुने सेवामा सुधार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here