
बाँके । शनिबार जिल्लाका २० जनासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका अनुसार नेपालगञ्ज र कोहलपुरका गरी २० जना तथा २ जना बर्दियाका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा १६ जना नेपालगञ्ज, ४ जना कोहलपुर, गुलरियाका १ र बाँसगढीका १ जना रहेको जनाइएको छ ।






