कत्ति बलियो छु है म !

अब त सहज होला नी है ! भन्दा भन्दै झन अपठेरो परिस्थिति पो आयो त । यसको जिम्मेवार को होला है !
सरकार की हामी, तपाइलाइ के लाग्छ ? मलाई त अझै डर लागेको छैन यस्तो जाबो कोरोना भनेर बाहिर निस्किहाल्छु । पुलिसको भेन देखेपछि भागीहाल्छु । नत्र यसै चोकमा हल्लियर हिडछु । कत्तिसम्म भित्र बस्न सक्नु के ! कत्ति नै कोरानाका बिरामी छन र जाबो ५-६ सय त हो । फेरी किन डराउनु बिन्दास घुम्ने हो । आज बाट अलि कडा गरेको छ भन्ने समाचारमा सुनेको अब भित्र भित्रैको बाटो हिडने हो । पुलिसले भित्र टोल टोलमा पसेर हेर्ने होइन केरे कि कसो १ हामि यस्तो हट्ठाकट्ठा मान्छे लाइ नी कोरोनाले छुन्छ र भनेको । मलाइ त कत्ति पनि डर लाग्दैना कोरोनाको । त्यसैले हामि त साथिहरु जम्मा भएर तास खेल्ने यसो खान पिन गर्ने गरीरहन्छौ । तपाइले देख्नुभएन है ! अस्ति गाइजात्राको दिन हामिले नी सानो तिनो जात्रै गरीम नी । भन्न त २० जनाभन्दा धेरै मान्छे जम्मा नहुनु भनेको छ नी तर हामिले काहा सरकारले भनेको सबै कुरा मान्ने होर । यति मात्र होर मत बाहिर निस्कदा पनि मास्क लगाउदिन नत सेनिटाइजर ने लगाउछु । मलाइ त नी म कोरोना भन्दा बलियो छु जस्तो लाग्छ । सरकारले निषेधाज्ञा गरेको बेला नी म बाहिर निस्कन्छु । सब जना घर भित्र हुन्छन म मात्रै बाहिर घुम्दै हुन्छ सोच्नुस त म कत्ति बलियो रहेछु । पुलिसले जत्ति नै घर भित्र बस्नुस भने पनि मैले टेर्ने होइन केरे । बरु पुलिसको दुइचार लाठ्ठी खाइदिने हो तर घर बाहिर त म निस्किन्छु निस्किन्छु । कोरोना तपाइलाई खोज्दै घरमा आउदैना तपाइ पनि अनाआवश्यक बाहिर न निस्कनुहोस , अति आवश्यक काम परी बाहिर जानै परे मास्क लगाउनुस सेनिटाइजर लगाउनुहोस भनेर म सुनिरहन्छु तर मलाइ त म कोरोना भन्दा बलायो छु जस्तो लाग्छ सरकारले भनेको केहि कुरा मान्दिन म । कत्ति बलियो छु है म । मलाइ त मेरो कारण मेरो घर पविारलाइ पनि कोरोनाको जोखिम हुन सक्छ भन्ने पनि सोच आउँदैन । घरका कसैले बाहिर न निस्कनु भने पनि केहि हुदैन मेरो रोग प्रतिरोगात्मक क्षमता बलियो छ भनेर हिडदिन्छु । मास्क त लिएर जानुस भन्छन तर मलाइ सास फेर्ने गाह्रो हुन्छ के भनेर मास्क गोजिमा हालेर बाहिर निस्किन्छु । यदि मास्क लगाइहाले पनि मुखमा भन्दा बढि चिउडोमा झुण्डाउछु । अरु बेला नमस्कार गर्ने साथि भेटिए पनि आजकल त म इ¥याप अंगालो हाल्छु । किनकी मलाइ म कोरोना भन्दा बलियो छु जस्तो लाग्छ ।

रेडियो बागेश्वरी एफ.एम ९४.६ मेगाहर्जमा कार्यरत हुनुहुन्छ ।
ठेगाना : हाल नेपालगञ्ज–१०, गोसाईगाउँ

Previous articleशनिबार बाँकेका २० सहित थप २२ जनामा संक्रमण फेला (विवरणसहित)
Next articleसामाजिक शिक्षकका लागि अनलाईन तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here