आधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरा-६ बाट प्रदान हुने सेवामा सुधार

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका लगायत सेवा प्रदायकबाट प्रदान हुने सेवामा सुधार भएको देखिएको छ । खजुराको वडा नं ६ को सेवाक्षेत्रभित्र रहेका सेवा प्रदायकहरुले प्रदान गर्ने सेवाहरुमा उल्लेख्य सुधार भएको देखिएको हो ।

वडामा सेवा प्रदायकहरुले प्रदान गर्ने सेवाबारे मापदण्ड तयार गरिएको थियो । तयार गरिएको मापदण्ड अनुसार जिम्मेवारी बाँडफाँड गर्दै सुधार गर्ने सामदायिक अंकपत्र कार्ययोजना निर्माण गरिएको थियो ।

वडाको पुरैनामा भएको सामुदायिक अंकपत्रको संयुक्त कार्ययोजना अवस्था अनुगमनबाट मापदण्ड अन्तर्गत पहिलेकोभन्दा हाल सेवामा सुधार भएको देखिएको हो ।

अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपाल र भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप) को साझेदारी तथा स्थानीय पालिकाले समन्वयमा संचालित कोभिड १९ आपतकालीन प्रतिकार्य र पुर्नलाभ परियोजनामार्फत समुदायमा प्रभावकारी सेवा पुर्याउन अंकपत्र तयार गरिएको थियो ।१४ वटा सूचांक रहेको अंकपत्रमा छलफल हुँदा धेरै कुराहरुमा सुधार भएको देखिएको सहभागि बताएका छन् । पालिका स्वास्थ्य शाखा, वडास्तरीय स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालयबाट प्रदान हुने बिभिन्न सेवाहरु प्रदानमा प्रभावकारीता बढेको सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।

मापदण्डमा रहेर तयार गरिएको योजना सूचकहरुको जवाफ खजुरा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, स्वास्थ्य सेवा केन्द्र इन्चार्ज शाहिद अलि तेली र इलाका प्रहरी कार्यालय धनौलीका भरत बहादुर बस्नेतले सेवाग्राहीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सेवा प्रदायक र लाभग्राहीबीचको सम्बन्ध प्रगाढ बनाई सेवा प्रभावकारी बनाउने शुरुमा यस वडामा पालिकास्तरीय छलफल गरिएको थियो । उक्त छलफलबाट १४ वटा सूचांकहरुमा सुधार गर्नुपर्ने अवस्था रहेको कुरामा निष्कर्ष निकालिएको थियो ।

त्यसपछि दुई वटा आमा समूहमार्फत समुदायस्तरमा सामुहिक छलफल गरेर सेवा प्रदायक र लाभग्राहीबीच रहेको समस्याको पहिचान गरी उनीहरुको अवस्था पहिचान गरिएको परियोजनाका फिल्ड सुपरभाईजर असरफ अली अन्सारीले बताउनुभयो ।

Previous articleनीजि सरह सुबिधा सम्पन्न माबि बन्जारेगाउँमा भर्ना अभियान संचालन
Next articleनिर्वाचनमा ६५ लाख मतदाता भोट हाल्नबाट बञ्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here